scheduleबुधवार माघ १५ गते, २०७६

झापामा ३७३ हात्ती पीडितले लिए राहत

झापा, ५ मंसिर । जंगली हात्तीले पुर्‍याएको क्षति बापत झापामा मात्रै ५० लाख भन्दा बढी रकम राहतका रुपमा वितरण गरिएको छ । झापामा ३७३ जना हात्ती पीडितलाई ५० लाख ५३ हजार ७४५ रुपैयाँ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालय झापाका प्रमुख बिष्णुलाल घिमिरेले जानकारी दिए ।

झापामा सबैभन्दा धेरै मेचीनगर नगरपालिकामा १८६ परिवारमा हात्तीले क्षति पुर्‍याएकाले राहत रकम समेत मेचीनगरमा नै सबैभन्दा बढी १९ लाख २४ हजार भुक्तानी गरिएको घिमिरेको भनाइ छ । त्यस्तै, भद्रपुर नगरपालिकामा ५ लाख ९१ हजार ९४५, कचनकवल गाउँपालिकामा ५ लाख ५२ हजार, बिर्तामोड नगरपालिकामा ४ लाख ३९ हजार ६ सय राहत वितरण गरिएको छ । त्य

सैगरी, बुद्धशान्ति गाउँपालिकामा २ लाख ६९ हजार ८ सय, बाह्रदशी गाउँपालिकामा एक लाख २५ हजार, हल्दीबारी गाउँपालिकामा एक लाख ३१ हजार ४ सय र कन्काई नगरपालिकामा १ लाख २० हजार राहत बापतको रकम हात्ती पीडितले पाएका डिभिजन वन कार्यालय प्रमुख घिमिरेले बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय