scheduleबुधवार जेष्ठ १४ गते, २०७७

रेमिट्यान्सले गाउँमा बेसाएर खाएर समृद्धि आउदैंन : केसी

बाग्लुङ, ५ मंसिर । पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले विदेशबाट आएको रेमिट्यान्सले गाउँमा बेसाएर खाएर समृद्धि नआउने बताएका  छन् । बाग्लुङको गलकोटमा आयोजित दोस्रो गलकोट घुम्टे महोत्सवको उदघाट्न गदै केसीले यस्तो बताएका हुन् । देशले अहिले मान्छे निर्यात गरिरहेको भन्दै उनले अब मान्छे हैन उत्पादनलाई निर्यात गर्नुपर्ने धारणा राखे ।

युवाहरुले उत्पादन भएका बस्तुलाई विदेशमा पठाउने काम गर्नुपर्ने बताउदैं केसीले उत्पादनशिल काममा सबैजना लाग्नुपर्नेमा जोड दिए । फरक प्रसङ्गमा केसीले भारतले सीमा मिचेको विषयपछि राष्ट्रियताको पक्षमा सवै एकजुट भएको सम्भवत पहिलो पटक भएको बताएका छन् । राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डाको रक्षाको लागि पहिलो पटक, राजनैतिक दल, पत्रकार र आम नागरिक एकै ठाउँमा भएको उनले बताएका हुन् । उनले राष्ट्रियताको पक्षमा सवै नागरिक एकजुट हुनुपर्नेमा जोड दिए ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय