बलिउडमा प्रियादर्शनको कमव्याक
काठमाडौँ, ६ मंसिर । बलिउडका चर्चित फिल्म निर्देशक हुन् प्रियादर्शन ।
उनी कुनै समय कमेडी फिल्मका लागि निकै चर्चित रहेका थिए ।
हेरा फेरी, हेरा फेरी २, हंगामा जस्ता फिल्मबाट एकाएक चर्चाको शिखरमा पुगेका उनी एकाएक गुमना भएका थिए ।
तर, लामो समयको ग्यापपछि उनी बलिउडमा कमव्याक गर्न लागेका छन् ।
उनले हंगामा २ फिल्मबाट कमव्याक गर्न लागेका हुन् । कमेडी फिल्मको ट्रेण्ड नै चलाएका उनले कमेडी फिल्मबाटै कमव्याक गर्न लागेका हुन् ।
सन् २००३ मा बनेको हंगामा हिट फिल्म रहेको थियो । नयाँ कथावस्तुमा दोस्रो भाग निर्माण गरिने उनले बताएका छन् ।