scheduleआइतवार आश्विन ११ गते, २०७७

धरानका पूर्व माओवादी कांग्रेसमा प्रवेश

धरान, ६ मंसिर । पछिल्लो समय धरानमा सत्तारुढ नेकपा त्यागेर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा प्रवेश गर्ने क्रम बढिरहेको छ ।

बुधबार पूर्व माओवादीका जिल्ला सदस्य प्रेम बहादुर लकान्द्रीसहित १ सय भन्दा बढी स्थानीय कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । त्यस्तै बिहीबार ५० भन्दा बढी पूर्व माओवादीका स्थानीय कार्यकर्ता सहित १ सय स्थानीयले नेकपा त्यागेर कांग्रेसमा प्रवेश गरेका छन् ।

धरान उनपा- १७ डाँडा घोपाका पूर्व माओवादीका नेता राजेश घिसिङ, ईन्द्रेणी मार्ग टोल विकाशका अध्यक्ष तथा पूर्व माओवादीका नेता इन्द्रबहादुर राई, माओवादीका पूर्व लडाकू अखिल नेपाल सुकुम्बासी मञ्चका अध्यक्ष सुर्यबहादुर तामाङसहित वडाबासीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश पछि बोल्दै राजेश घिसिङ्गले धरानमा विमान स्थल बनाउन नेकपा बाधक रहेको बताए । उनले स्थानीयको सहमतिमा डाँडा घोपामा ७ बिगाहा जमिन उपलब्ध भए पनि निर्माण गर्ने विषयमा सरकार कानमा तेल हालेर सुतेको बताए ।

त्यस्तै इन्द्रबहादु राईले आफू माओवादीको शैलीबाट वाक्क भएर कांग्रेसमा प्रवेश गरेका बताए । सुकुम्बासी नेता सुर्यबहादुर तामाङ्ग कम्युनिष्ट विकासको बाधक र गरिब जनताको दुश्मन भएको महशुस भएर धनीको पार्टी भनेर चिनिने कांग्रेस प्रवेश आफ्नो खुशिले प्रवेश गरेको बताए ।

नव प्रवेशी कार्यकर्तालाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टीका र माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय