scheduleसोमवार माघ ६ गते, २०७६

एक्लै बस्नुहुन्छ ? होसियार, यस्तो छ भयङ्कर खतरा !


एजेन्सी । कसैसँग घुलमिल नहुने र एक्लै बस्ने मानिसलाई हृदयघातको सम्भावना अन्य मानिसलाई भन्दा ३० प्रतिशतले बढी हुने एउट अध्ययनले देखाएको छ ।

एक्लोपनाको प्रभाव मानसिक तनाव तथा कामको चापको प्रभाव जत्तिकै हुने उक्त अनुुसन्धानले जनाएको छ ।

बेलायतको योर्क, न्युकासल तथा लिभरपुल विश्वविद्यालयका वैज्ञानिकले गरेको उक्त अध्ययनले समाजमा घुलमिल नहुने तथा एक्लै बस्ने मानिसमा मुटुसम्बन्धी रोगको खतरा बढी हुने तथ्य एउटा जर्नलमा छापिएको छ ।

हार्ट मेडिकल जर्नलमा लेखिएको छ, ‘अति न्युन सामाजिक सम्बन्धका कारण उत्पन्न हुने मुटुसम्बन्धी विभिन्न समस्याहरु विभिन्न मानसिक तनाव तथा कामका कारण हुने तनाव जत्तिकै हुन्छन् ।’

योर्क विश्वविद्यालयकी निकोली भालटोर्टाले भनिन्, ‘आजसम्म मोटोपन तथा शारिरीक निष्क्रियताले मात्र मुटुरोगको जोखिम बढाउँछ भन्ने आम धारणा रहेको छ र हामी सामाजिक एक्लोपनालाई त्यति गम्भीरताका साथ लिदैनौं । तर नयाँ अध्ययनले यसलाई पनि गम्भीररुपमा लिनुपर्छ भन्ने देखाएको छ ।

त्यस्तै एक्लोपनालाई निर्मुल गर्नकालागि अभियाननै संचालन गरेकी डाक्टर केली पेनले पनि मोटोपना तथा धुम्रपानलाई झैं एक्लोपनालाई पनि सार्वजनिक स्वास्थ्यको एउटा जोखिमका रुपमा लिनुपर्ने बताइन् ।

एक्लोपनाले विभिन्न मानसिक समस्या, रोग तथा विकृतिको कारण भएको उक्त अध्ययनले देखाएको छ । यसलाई निवारण गर्न परिवार, समुदाय तथा सम्पूर्ण देश नै लाग्नुपर्ने अनुसन्धानकर्ताले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय