scheduleशुक्रवार मंसिर २० गते, २०७६
Bajaj
Global IME Bank

मनमा कुनै कपट नभएका सच्चा मानिसमा यी १२ गुण हुन्छन्

मानिस कति सच्चा वा कति झुट छ भन्ने कुरालाई उसका केही व्यवहार हेरेर पनि थाहा पाउन सकिन्छ । छल कपट नगर्ने मानिसलाई उनीहरुको व्यवहारबाट सजिलै चिन्न सकिन्छ । प्रायः जेनुइन वा मनमा कुनै कपट नभएका मानिसहरुले यी १२ वटा व्यवहार देखाउने गर्दछन्ः

१. सच्चा(genuine) मानिसले आफूलाई अरुले मन पराइदिउन भनेर कुनै काम गदैनन् । उनीहरुले जे सही हो त्यही गर्दछन् । उनीहरुलाई घृणा गर्ने मानिस पनि छन् भन्ने थाहा हुन्छ । कसैले मन पराउँछ भन्दैमा उनीहरुले गलत काम गदैनन् । यदि सही छ भने  अलोकप्रिय निर्णय गर्न पछि हट्दैनन् । निष्कपट मानिसहरु शान देखाएर अरुको ध्यान तान्न मन पराउँदैनन् ।

२. सच्चा मानिसहरु निकै खुला सोंच भएका हुन्छन् । उनीहरुले कुनैपनि विषय, व्यक्ति तथा वस्तुमाथि जड विचार राख्ने गर्दैनन् । यही भएर उनीहरु अरुको कुरा सुन्न मन पराउँछन् । उनीहरु नयाँ विचार तथा दृष्टिकोणलाई सहर्ष स्विकार्छन् । अरुको अवस्था वा परिस्थितिमा रहेर जीवन र जगतलाई बुझ्ने हुनाले निष्कपट मानिसहरुले कुनै पनि कुरालाई हतारमा ठीक- वेठीक भन्दैनन् ।

३. साँचो मन भएका मानिसहरु कुनै बहानाबाजी गदैनन् । उनीहरु आफ्नो मूल्य तथा सिद्धान्त अनुसार हिड्ने हुनाले अरुले मन नपराएपनि राम्रो कामलाई फत्ते गर्न लाग्दछन् ।

४. जेनुइन मानिसहरु उदार तथा परोपकारी हुन्छन् । आफ्ना साथीको सफलतामाथि गर्व गर्दछन् अनि यदि साथीलाई कुनै समस्या छ भने दिल खोलेर सहयोग गर्दछन् । कहिलेकाही अरुको खुशीका लागि आफ्नो खुशीलाई दाउमा राखिदिन्छन् तर यसको घमण्ड भने उनीहरुमा हुदैन ।

५. सच्चा मानिसहरुले हरेकलाई सम्मानपूर्ण व्यवहार देखाउँछन् । आफूमा पनि अन्य मानिसमा झैं कमी -कमजोरी भएको हुनाले अरुका कमी-कमजोरीमा खेल्न वा फाइदा लिन चाहदैनन् । साथै अरुले आफूप्रति नराम्रो व्यवहार गरेमा पनि यस्ता मानिसहरु क्षमाशील हुन्छन् ।

६. साँचो मन भएका मानिसको जीवनलाई भौतिक सम्पत्तिले निर्देशित गरेको हुदैन । खुशी हुनका लागि महँगो कार, मोवाइल तथा कपडा लगाउनु पर्दछ भन्ने सोंचबाट यस्ता मानिसहरु मुक्त हुन्छन् । सामान्य कुराबाट पनि खुशी पाउन सकिन्छ भन्ने उनीहरुको सोंच रहेको हुन्छ । यही भएर परिवार, साथीभाई, इष्टमित्रसँग राम्रो सम्बन्ध राखेर अनि पवित्र उदेश्य लिएर उनीहरु खुशी हुन सक्दछन् ।

७. मनमा कुनै कपट नभएका मानिसहरु असाध्यै भरपर्दा र विश्वासिला हुन्छन् । उनीहरुले जे भन्छन् त्यो गर्दछन् । आफूले बाचा गरेको कुरालाई पूरा गर्न हमेशा प्रयत्न गरिरहेका हुन्छन् । सच्चा मानिसहरु अरुपनि सच्चा नै होऊन भन्ने चाहन्छन् ।

८. सच्चा मानिसलाई कसैले आलोचना, अपमान वा गाली गरेमा उनीहरुले तुरुन्त प्रतिक्रिया जनाउँदैनन् । आफ्नो विचारलाई कसैले खण्डन गर्दा यसलाई व्यक्तिगत प्रहारको रुपमा लिदैनन् वा यसबारे हतारमा कुनै निष्कर्षमा पुग्दैनन् । उनीहरुले प्रतिशोध कसरी लिने भनेर कहिल्यै योजना पनि बनाउँदैनन् । बरु यस्ता टिप्पणी तथा आलोचनालाई सहीढंगले मूल्याङ्कन गरेर यसबाट पाठ सिक्दै आफ्नो विचार तथा व्यवहारलाई सुधार्ने प्रयास गर्दछन् ।

९. गम्भीर छलफल, वहस वा अन्तरक्रिया भइरहेको बेला ध्यान अन्यत्र मोडदैनन् । अरुले भोगेका अनुभव तथा घटनालाई ध्यान पूर्वक सुन्दछन् । चाखपूर्वक अरुका बारेमा साचो राख्दछन् । अर्थात सच्चा मानिसहरु अरुको जीवनलाई पनि बुझ्ने प्रयास गर्दछन् ।

१०. सच्चा मानिसहरु हरेक प्रकारको इगो वा अभिमानबाट मुक्त हुन्छन् । साथै अरुले प्राप्त गरेको उपलब्धीलाई आफ्नो उपलब्धी भनेर हल्ला मच्चाउँदैनन् । आवश्यक कुरालाई विना घमण्ड जारी राख्दछन् ।

११. सच्चा मानिसहरु हिपोक्रिट वा पाखण्डी हुदैनन् । उनीहरु जे भन्छन् त्यो गर्दछन् । अरुलाई एउटा कुरा गर्न लगाउने र आफू अर्कै कुरा गर्ने गर्दैनन् । आफूले गरेको गल्तीलाई तत्काल पत्ता लगाउँछन् र स्विाकार्छन् ।

१२. मानिसले आफूसँग भएको सीप, क्षमता तथा ज्ञानबारे घमण्ड गर्दछन् तर सच्चा मानिसहरुमा यस प्रकारको घमण्ड हुदैन ।

( असल वा सच्चा मानिसमा हुने यी १२ गुणलाई द हफिङटन पोष्टमा प्रकाशित डा. ट्राभिस ब्राडबेरीको लेखबाट साभार गरिएको हो । यसको भावानुवाद एसबी नेपालीले  गरेका हुन् । के तपाईसँग पनि यी गुण छन् ? यदि छन् भने तपाई पनि सच्चा मानिसको कोटीमा अवश्य पर्नु हुनेछ । यदि नभएमा सच्चा मानिस बन्न प्रयास गर्नुहोला किनकी यस्तो प्रयासले तपाईलाई सहयोग गर्ने छ । –सम्पादक)

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage