scheduleशुक्रवार जेष्ठ २३ गते, २०७७

गाउँपालिकाले सामूहिक विवाहका लागि दरखास्त माग्यो

विराटनगर, १० मंसिर । गाउँपालिकाले  सामूहिक विवाहका लागि दरखास्त आह्वान गरेको छ। सुनसरी स्थित कोशी गाउँपालिकाले विवाह गर्न चाहने उमेर पुगेका युवायुवतीका लागि दरखास्त आह्वान गरेको हो ।

गाउँपालिका भित्रका विपन्न समुदायलाई लक्षित गरी सामूहिक विवाह कार्यक्रम गर्न दरखास्त आह्वान गरेको गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए। उनका अनुसार मंसिर १७ गतेभित्र नजिकको वडा वा गाउँपालिकाको कार्यालयमा विवाह गर्न चाहनेले नाम दर्ता गराउन सक्ने छन्।

Dish_Home

गाउँपालिकाले आवेदन दिएका जोडीहरुको मंसिर अन्तिम साता सामूहिक विवाह गराउने तयारी गरेको अध्यक्ष अन्सारीले बताए। विवाहका लागि अभिभावकको मञ्जुरी अनिवार्य गरिएको छ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय