scheduleमगलवार आश्विन ५ गते, २०७८

कोरियमा एक नेपालीको मृत्यु

भोजपुर, १० मंसिर । रोजगारीका लागि कोरिया गएका एक नेपालीको मृत्यु भएको छ ।

भोजपुर टेम्केमैयुङ गाउँपालिका-१ का अमिन राईको कोरियामा ज्यान गएको हो ।

रोजगारीका लागि कोरिया गएका ३५ वर्षीय अमिनको सोमबार ज्यान गएको आफन्तले बताएका छन् । अमिनलाई काम गर्दागर्दै रिंगटा लागेपछि अस्पताल लगिएको थियो । तर अस्पतालमा पुर्‍याउनेबित्तिकै उनको ज्यान गएको थियो ।

अमिन पाँच वर्षदेखि कोरियामा कार्यरत थिए । उनको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय