scheduleबिहिवारफाल्गुन २० गते, २०७७

ओलीको राष्ट्रवाद कालापानीमा नांगियोः सभापति देउवा


धरान, १० मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाकालीको पानी नेपाल र भारतलाई आधा-आधा भएको बताएका छन् ।

धरानको उपनिर्वाचनलाई लक्षित गर्दै कांग्रेसले धरानमा आयोजना गरेको चुनावी सभामा बोल्दै सभापति देउवाले भने, ‘आफूले महाकालीसन्धि गर्दा महाकालीको पानी आधा-आधा हुने उल्लेख थियो । तर, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी मिचिदा गम्भीर छैनन ।’

सभापति देउवाले कालापानी नेपालको एकल स्वामित्वको भूमि रहेको बताए । उनले कालापानी पूर्णरूपमा नेपालको भएको दोहोर्‍याए ।

ओलीले राष्ट्रवादी नारा लगाए पनि कालापानी जस्तो गम्भीर विषयमा भारतसँग लम्पसार परेको देउवाको आरोप थियो । प्रमुख प्रतिपक्षी दलका नेता तथा छायाँ सरकारका प्रधानमन्त्री समेत रहेका देउवाले कालपानीबाट ओलीको राष्ट्रवाद उदांगो भएको बताए ।

मन्तव्यको क्रममा अधिकांश समय सरकारको आलोचना गर्न खर्चिएका देउवाले वर्तमान सरकार हल्लाको भरमा चलेको आरोप लगाए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay