scheduleबुधवार जेष्ठ १४ गते, २०७७

इराकमा बम विष्फोटमा परी ६ जनाको मृत्यु

काठमाडाैं,  ११ मंसिर ।  इराकमा भएको बम बिस्फोटमा ६ जनाको मृत्यु भएको छ । राजधानी बगदादका तीन छुट्टाछुट्टै स्थानमा भएको बिस्फोटमा परी १५ जना घाइते भएका छन् । उत्तरी बगदादमा मोटरसाइकमा बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

बिस्फोटमा ६ जना घाइते भएका थिए । त्यसैगरी दक्षिणपश्चिम बया जिल्लामा दोस्रो मोटरसाइकल बिस्फोटमा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

Dish_Home

यस्तै पूर्वी बलदियात जिल्लामा भएको बिस्फोटमा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको बताइएको छ । गत अक्टुबरदेखि नै इराकमा भइरहेको सरकार विरोधी आन्दोलनका क्रममा हिंसाका घटनाहरु भइरहेका छन् ।

पछिल्लो समय बढ्दै गएका हिंसाका कारण तीन सय भन्दा बढीको मृत्यु भइसकेको छ । नेतृत्वविहिन विद्रोहीले सन् २००३ पछिको राजनीतिक प्रणाली भत्काउन हिंसात्मक गतिविधि बढाएको इराक सरकारको आरोप छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय