scheduleशुक्रवार मंसिर २० गते, २०७६
Bajaj
Global IME Bank

डरलाग्दो सपना देख्नुहुन्छ ? नआत्तिनुहोस्, वैज्ञानिक अनुसन्धानले यस्तो भन्छ

एजेन्सी, ११ मंसिर । सुतेको बेला नराम्रो सपना देखेर ब्युँझिएपछि हामी प्रायः चिन्तित र भयभीत हुने गर्छौं । आफ्नो जीवनमा नराम्रो सपना देख्ने मानिस कमै पाइएला ।

चिन्तित र तनावमा रहेका मानिसले डरलाग्दो सपना देख्ने गर्छन् । कुनै कुरालाई बढी ध्यान दिँदा सपनामा समेत त्यही कुरा प्रकट हुने गर्छ । राम्रो कुराले मन भरिएको बेला सपना पनि राम्रै देखिन्छ । तर, नराम्रो कुराले मन भरिएको बेला सपना पनि नराम्रो नै देखिन्छ ।

हालै अनुसन्धानकर्ताले नराम्रो सपना देख्नु, सपना देखेपछि चिन्तित र त्रसित हुनुका कारणबारे अध्ययन गरेका छन् । उनीहरुले नराम्रो सपना देख्दा मस्तिष्कको कुन भाग बढी सक्रिय हुन्छ भन्ने कुरालाई केन्द्रमा राखेर यसबारे अध्ययन गरेका हुन् ।

डरलाग्दो सपना देख्ने मानिसले ब्युँझिएपछि चुनौतीपूर्ण र त्रासदीयुक्त अवस्थालाई अन्य मानिसले भन्दा प्रभावकारी रुपमा सामना गर्न सक्ने कुरा समेत अनुसन्धानबाट पुष्टि भएको छ ।

जेनेभा विश्वविद्यालयका वैज्ञानिकले गरेको पछिल्लो अध्ययनले ‘डरलाग्दो सपनाका कारण भावी दिनका उत्पन्न हुन सक्ने जोखिमपूर्ण र त्रासदीपूर्ण अवस्थासँग लड्न हामीहरु विस्तारै अभ्यस्त हुन जान्छौं’ भन्ने निष्कर्ष निकालेको हो ।

नयाँ अनुसन्धानको निष्कर्ष छ- ‘सुत्ना देखिने डरलाग्दो सपनाले भययुक्त परिवेशसँग जुध्न मद्दत गर्छ र मानसिक तनाव समेत कम हुन्छ ।’

वैज्ञानिकहरुले अध्ययनका क्रममा उच्च घनत्वको इलेक्ट्रोइन्सेफ्यालोग्राफी (इजीजी) विधि प्रयोग गरेका थिए । यो विधिमा मानिसको टाउको वरपर सुतेको बेलामा विभिन्न इलेक्ट्रोड राखिन्छ र मस्तिष्कमा हुने गतिविधि मापन गरिन्छ ।

अध्ययनपछि वैज्ञानिकहरुले हाम्रो मस्तिष्कको निश्चित भागमा सपनाहरु सिर्जना हुने निष्कर्ष निकालेका छन् । सपना देख्दा मस्तिष्कका अन्य भाग समेत सक्रिय हुने गर्छन् । तर सपना अनुसार दृष्टिकोण, विचार र भावना उत्पन्न हुने गर्छ ।

हामीले सपना देख्दा मस्तिष्कको इन्सुला र सिनगुलेट कोर्टेक्स सक्रिय हुने गर्छ । ब्युँझिएपछि समेत सपनाको भावलाई विश्लेषण गर्ने कार्यमा समेत इन्सला सक्रिय हुने गर्छ ।  सिनगुलेटले संभावित जोखिमबारे हामीलाई तयारी रहन सहयोग गर्छ । यही भएर हामी डललाग्दो सपना देखेपछि आफूलाई सोही अनुसार तयारीमा राखेका हुन्छ । अर्थात् हामी सम्भावित खतराबाट मुक्त हुने बाटो खोज्छौं ।

त्यस्तै अनुसन्धानका क्रममा डरलाग्दो सपनामा अनुभव गरिएको भय र ब्यँझिएपछि हुने महसुसबीच कुनै सम्बन्ध छ/छैन भनेर समेत हेरिएको थियो ।

वैज्ञानिकहरुले अनुसन्धानका क्रममा सहभागीलाई आक्रमण र तनावपूर्ण अवस्था झल्काउने नकरात्मक कुरा देखाएका थिए । त्यस्तै सामान्य खालका वस्तु समेत देखाइएको थियो ।

सपनामा जति लामो समय भयको महसुस हुन्छ त्यति नै कम इन्सुला, सिनगुलेट सक्रिय हुने वैज्ञानिकहरुले पाएका थिए । त्यस्तै मस्तिष्कको प्रिफ्रन्टल कर्टेक्समा हुने गतिविधिहरु डरलाग्दो सपनाको अनुपातमा बढ्दै जाने पाइएको थियो ।

जेनेभा विश्वविद्यालयमा गरिएको उक्त अनुसन्धानको निष्कर्षबाट तनाव र डिप्रेशनविरुद्ध नयाँ थेरापी आविष्कार गर्न सकिने बाटो खुलेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage