scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

रुसी फार्ममा दूध उत्पादन बढाउन गाईलाई भिआर लगाइयो

एजेन्सी, १२ मंसिर । रुसको एउटा डेरी फार्ममा गाईलाई शान्त पारेर दूध उत्पादन बढाउन भन्दै भर्चुअल रियालिटी (भिआर) प्रविधि अपनाइएको छ ।

फार्मका गाईलाई आनन्द दिने र दूध उत्पादन बढाउने उद्देश्यले अत्याधुनिक प्रविधि प्रयोग गर्न थालिएको हो। हाल उक्त फार्मका गाईहरूलाई कृत्रिम वास्तविकता भनिने भर्चुअल रीयालिटी (भिआर) उपकरण लगाइदिन थालिएको छ।

प्रारम्भिक परीक्षणबाट भिआर उपकरणले गाईको समग्र मनस्थितिमा सुधार आएको पाइएको थियो । मस्कोस्थित रामन्स्की जिल्लस्थित रुसमोलोको फार्ममा उक्त परीक्षण गरिएको थियो । उक्त परीक्षणले गाईको भावनात्मक वा मानसिक अवस्था र दूध उत्पादनबीच सम्बन्ध हुने देखाएको छ।

फार्मका गाईलाई भिआर प्रविधिजडित हेडसेटमार्फत् ग्रीष्मकालीन जस्तो हरियाली चौर र खेतबारी देखाइएको थियो । परीक्षणबाट गाईको समग्र मनस्थितिमा सुधार आएको र दूध उत्पादन बढेको पाइएको थियो ।

आँखा पुरै छोपिने हेडसेट लगाएर अर्कै दुनियाँमा रहेको महसुस हुने भिआर प्रविधि विशेषगरी कम्प्युटर गेमहरूमा बढी प्रयोग हुने गर्छ ।भिआर उपकरण सामान्य टेलिभिजन वा भिडियोको दृश्य भन्दा निकै भिन्न हुन्छ ।

भिआर प्रविधिमार्फत दर्शकले आफू अर्कै दुनियाँमा रहेको अनुभव गर्न सक्छन् । त्यसैले यो प्रविधिलाई कृत्रिम वास्तविकता भन्ने गरिएको हो।

मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा मस्कोको रामन्स्की जिल्लास्थित रुसमोलोको फार्ममा उक्त परीक्षण गरिएको उल्लेख छ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage