scheduleशुक्रवार जेष्ठ २३ गते, २०७७

अर्घाखाँची बस दुर्घटना अपडेट : सबै मृतकको सनाखत (नामावलीसहित)

काठमाडौं, १२ मंसिर । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । मृतक १९ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सनाखत भएका ११ जनाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् भने ८ जनाको शव बुझाउन बाँकी रहेको छ ।

Dish_Home

मृतकको नामावलीः

१) जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका ७ डिहिडाडा बस्ने शिवलाल भट्टराई

२) जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका ७ डिहिडाडा बस्ने माया पुरी

३) जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका ७ बनगाई बस्ने ३ महिनाको बालक सोभाखर पोख्नेल

४) जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका ७ डिहिडाडा बस्ने ५४ को बलराम भट्टराई

५) जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका ८ चपरगाउँ बस्ने वर्ष २७ कि सिता बस्नेत

६) जिल्ला अर्घाखाँची भु.न.पा. १० बस्ने छवीलाल गैरे

७) जिल्ला गुल्मी मदाने गा.पा. २ घर भई हाल जिल्ला रुपन्देही भैरहवा गैडहा ७ बस्ने बसन्त भन्ने ओम बहादु (चालक)

८) जिल्ला अर्घाखाँची स.न.पा. ७ वस्ने मोनिका खड्का

९) जिल्ला गुल्मी धुर्कोट गा.पा.२ बस्ने सशस्त्र प्रहरी जवान राज कुमार महत

१०) जिल्ला अर्घाखाँची स.न.पा.२ बस्ने वर्ष ५९ सिता कुमारी सार्की नेपाली।

११) जिल्ला अर्घाखाँची भु.न.पा.९ बस्ने सिता घिमिरे

१२) जिल्ला अर्घाखाँची भु.न.पा.९ बस्ने विष्ण माया

१३) जिल्ला अर्घाखाँची भु.न.पा.७ बस्ने मैघनाथ जैसी भण्डारी

१४) जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका १ बस्ने मञ्ज बि.क.

१५) जिल्ला अर्घाखाँची छत्रदेव गा.पा.वडा न.८ बस्ने कृष्ण बहादुर सुनार

१६) जिल्ला अर्घाखाँची सितगंगा न.पा. वडा नं. ७ कल्लेरी बस्ने लोक बहादुर दर्जी

१७) जिल्ला अर्घाखाँची सितगंगा न.पा. वडा नं. ७ कल्लेरी बस्ने हरी बहादर दर्जी

१८) जिल्ला अर्घाखाँची सितगंगा न.पा. वडा नं.२ बस्ने सन्त बहादुर बस्नेत

१९) जिल्ला अर्घाखाँची भु.न.पा. ९ बस्ने ठुलोडेवा बस्ने शैलेस थापा

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय