scheduleबुधवार आश्विन ६ गते, २०७८

कास्कीमा ४ सय १० कर्मचारी मतदानस्थलमा

कास्की, १२ मंसिर । कास्की क्षेत्र नं २ मा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि ४१० सरकारी कर्मचारी मतदातस्थलतिर लागेका छन् । उपनिर्वाचनका लागि ८२ मतदान केन्द्र र ३२ मतदानस्थलमा ८२ मतदान अधिकृत तथा ८२ सहायक मतदान अधिकृतसहित ४१० सरकारी कर्मचारी र ३२८ स्वयमंसेवक मतदान क्षेत्रमा खटिने जिल्ला निर्वाचन कार्ययलका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए ।

मतदानका लागि निर्वाचन अधिकृतले ५६ प्रकारका निर्वाचन सामग्री बुझेर सम्बन्धित क्षेत्रमा जाने क्रम जारी रहेको रेग्मीले बताए । पोखरा महानगरपालिकाका विभिन्न ११ वडाका ७१ हजार १७१ मतदाताले प्रतिनिधिसभा सदस्यका लागि मत हाल्दैछन् । उक्त क्षेत्रमा १० स्वतन्त्रसहित २१ उम्मेदवारले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले यही मङ्सिर १४ गते बिहान ७ः०० देखि बेलुकी ५ः०० बजेसम्म मतदानको समय तोकेको छ ।

त्यसैगरी सुरक्षा चुनौतीलाई ध्यान दिँदै एकृकीत सुरक्षा समितिमार्फत भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सबै तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । निर्वाचनलाई सामान्य, संवेदनशील, अतिसंवेदशील गरी तीन तहमा विभाजित गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको केसीले बताए । सम्पूर्ण सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका र सबै सुरक्षा प्रबन्ध मिलाइएको उहाँले जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय