scheduleशुक्रवार मंसिर २० गते, २०७६
Bajaj
Global IME Bank

स्वस्थ रहन यस्ता कुरामा विशेष ध्यान दिनुहोस्

काठमाडौँ, १३ मंसिर । मौसम, सुन्तला लगायतका रसिलो फलफूलमा भिटामिन सीका साथै भरपूर मात्रामा खनिज तत्व पाइन्छ । यसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउन समेत महत्वपूर्ण भूमिका खेल्दछ । फलफुल सिधै, काटेर वा त्यसको जुस बनाएर पनि सेवन गर्न सकिन्छ । यस्ता फलफुल नुन वा चिनीको विना नै सेवन गर्नु उपर्युक्त हुन्छ ।

मुङ्ग, दाल, चना, केराउ, लगायतका टुसा उमारेको खानेकुरामा भरपूर मात्रामा पोषण तत्व पाइन्छ । यसलाई पचाउन समेत सजिलो हुने तथा शरीरका लागि पोषण प्रदान गर्ने हुदाँ यस्ता खानेकुरालाई धेरै भन्दा धेरै खानु उपर्युक्त हुन्छ ।

खानामा सलादको सेवन जति धेरै गर्यो, स्वास्थ्यका लागि त्यति राम्रो मानिन्छ । सलादले खानालाई पचाउन मद्दत गर्छ । काँक्रो , टमाटर, मुला, गाजर , प्याज, चुकन्दर सलादमा पर्दछ । यसमा नुनको मात्रा पर्याप्त हुने भएकोले थप नुनको आवश्यक्ता पर्दैन ।

गहु, मकै लगायतका अनाजमा प्रशस्त मात्रामा चोक्कर पाइन्छ । चोक्करको सेवन गर्नाले कब्जियतको समस्या हुँदैन र रोग प्रतिरोधी क्षमता पनि मजबुत हुन्छ ।

बहु गुणयुक्त तुलसी आफैमा एउटा औषधी हो । तुलसीमा एन्टीवायोटिक तत्व हुन्छ, जसउले गर्दा यसले दुखाई कम गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । दिनमा ३देखि ५ वटा पत्ता तुलसीको सेवन गर्ना शरीरमा रोगको संक्रमण हुने सम्भावना न्युन हुन्छ ।

योग वा प्राणायामले शरीरलाई स्वस्थ तथा रोगमुक्त राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले, दिनमा कम्तीमा पनि आधा घण्टा योग तथा प्राणायाम गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage