scheduleशुक्रवार मंसिर २० गते, २०७६
Bajaj
Global IME Bank

एक इन्जेक्सन जसले तपाईंलाई बाबु बन्न दिँदैन

एजेन्सी, १३ मंसिर । भारतीय शोधकर्ताले विश्वमा पहिलो पटक गर्भनिरोधक इन्जेक्शन बनाएका छन् । उक्त इन्जेक्शनले हरेक पुरुषलाई बाबु बन्न रोक्ने शोधकर्ताको दाबी छ ।

शोधकर्ताले विकसित गरेको उक्त इन्जेक्शन एक पटक लगाएपछि १३ वर्षसम्म प्रभावकारी हुने समाचार माध्यमले जनाएका छन् । गर्भनिरोधक नयाँ इन्जेक्शनलाई इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसिएमआर)ले आविष्कार गरेको हो ।

आईसिएमआरका वैज्ञानिक डा. आर. एस शर्माले नयाँ इन्जेक्शन एक पटक लगाएपछि १३ वर्षसम्म गर्भ रोकिने बताएका छन् । डा. शर्माका अनुसार नयाँ इन्जेक्शनलाई ५ वटा राज्यमा परीक्षण गरिएको थियो । दिल्ली, हिमाचल प्रदेश, जम्मू, पञ्जाब र राजस्थानका पुरुषमा उक्त परीक्षण गरिएको थियो ।

नयाँ इन्जेक्शन पहिला नै २ जना सन्तान जन्माएका बाबुमा परीक्षण गरिएको थियो । परीक्षणबाट १३ वर्षसम्म इन्जेक्शन प्रभावकारी हुने पाइएको थियो ।

आईसिएमआरले सन् १९८४ देखि नै गर्भनिरोधक इन्जेक्शनबारे अनुसन्धान गरेको थियो । इन्जेक्शनमा प्रयोग गरिएको पोलिमर प्राध्यापक एक.के. गुहाले विकसित गरेका हुन् ।

डा. शर्माले गर्भनिरोधक इन्जेक्शनलाई अनुमतिका लागि ड्रग कन्ट्रोल जनरल अफ इण्डियासामु पठाइसकिएको समेत जानकारी दिएका छन् । उक्त निकायले निर्णय गरेपछि इन्जेक्शन उत्पादनको जिम्मा कुन कम्पनीलाई दिने र कसरी बजारमा पुर्‍याउने भनेर तय गरिने छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage