scheduleबुधवार आश्विन ६ गते, २०७८

कास्कीका ३ वटा मतदानस्थलमा बम विस्फोट, सुरक्षा व्यवस्था कडा

कास्की, १४ मंसिर । उपनिर्वाचन अन्तर्गत मतदान भइरहेका बेला कास्कीको पोखरा–१६ मा मतदानस्थल नजिकै बिस्फोट भएको छ ।

पोखरा–१६ को चण्डिका आधारभूत विद्यालयको मतदानस्थल नजिकै बम विस्फोट भएको हो । मतदानस्थलभन्दा भन्दा ३० मिटर पर बम १२ बजेतिर बिस्फोट भएको थियो । बम बिस्फोट भए पनि मतदान भने जारी छ ।

चण्डिका आधारभूत विद्यालय मनदान स्थलमा दुई केन्द्र छन् ।

यसअघि पोखरा महानगरपालिका–९ मा रहेको नवप्रभात मावि र शान्ति मावि मतदान केन्द्रनजिकै पनि बम विस्फोट भएको थियो। योसहित पोखराका तीन स्थानमा बम विस्फोट भएको छ। विष्फोटपछि सुरक्षा व्यवस्था कडा पारिएको कास्की प्रहरीले जनाएको छ ।

उपनिर्वाचन अन्तर्गत कास्की–२ मा प्रतिनिधिसभा सदस्याका लागि मतदान भइरहेको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय