scheduleआइतवार आश्विन ११ गते, २०७७

धरानमा नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा, नेकपाका उम्मेदवार ५७ मतले अगाडि

धरान, १५ मंसिर । उपनिर्वाचन अन्तर्गत धरान उपमहानगरपालिकाको मेयरका लागि भएको चुनावको मतगणना जारी छ । पछिल्लो मतगणना अनुसार सत्तारुढ नेकपा र कांग्रेसका उम्मेदवारबीच धरानमा कडा प्रतिस्पर्धा भइरहेको छ ।

धरान उपमहानगरपालिका वडा नं २०, १९, १८ र १७ को मतगणना सक्किँदा नेकपाका उम्मेदवार प्रकाश राईले ४ हजार ५ सय ७४  मत ल्याउँदै अग्रता कायम गरिरहेका छन् । उनलाई कांग्रेस उम्मेदवार तिलक राईले पछ्याइरहेका छन् ।

तिलकले ४ हजार ५ सय १७ मत ल्याउँदै नेकपा उम्मेदवारलाई पछ्याइरहेका हुन् । त्यस्तै लिम्बुवानका उम्मेदवारले १६४ र समाजवादीका उम्मेदवारले १४३ मत ल्याएका छन् ।

पछिल्लो अपडेट अनुसार नेकपाका उम्मेदवार कांग्रेसका उम्मेदवारभन्दा ५७ मतले अगाडि छन् । अहिले १६ नम्बर वडाको मतगणना सुरु

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय