scheduleशुक्रवार मंसिर २० गते, २०७६
Bajaj
Global IME Bank

भक्तपुरमा नेकपाको सिट कांग्रेसलाई


भक्तपुर, १५ मंसिर । सत्तारुढ नेकपाले भक्तपुरको प्रदेश १ (ख) मा पराजित हुनु परेको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार कुष्णलाल भँडेलले जितेका छन् । विजयको औपचारिक घोषणा भने भइसकेको छैन ।

यस क्षेत्रमा यसअघि सत्तारुढ नेकपाले जितेको थियो । भँडेलले राप्रपासँग सहकार्य गरेर विजय निश्चित गरेका हुन् ।

अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत पाएका छन् भने उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद (डिपी ढकाल)ले ११ हजार २ सय १० मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसानका पार्टी उम्मेवारले ५ हजार ८ सय २९ मत पाएका छन् ।

स्मरणीय छ, २०७४ मा भएको प्रदेश सभा चुनावमा तत्कालीन नेकपा एमालेका हरिशरण लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए । त्यतिबेला निकटतम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए ।

पछिल्लो समय उक्त निर्वाचन क्षेत्रमा पूर्व एमाले र माओवादीबीच विवाद थियो । ढकाललाई टिकट दिएपछि पूर्वएमालेका नेताहरुले पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage