scheduleबुधवार श्रावण २१ गते, २०७७

कास्की-२ मा विद्या भट्टराईको जित सुनिश्चित

कास्की, १५ मंसिर । उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि कास्की-२ मा भएको निर्वाचनमा सत्तारुढ नेकपा उम्मेदवार विद्या भट्टराईले जित हात पार्ने निश्चित भइसकेको छ ।

कास्की-२ मा ८ हजार ३६३ मत गन्न बाँकी हुँदा नेकपा उम्मेदवार भट्टराईले ८ हजार ५ सय २२ मतसहित अग्रता लिएकी छन् । मत गणना बाँकी रहँदै उनले जित्ने पक्का भएको छ ।

त्यस्तै यसअघि दिवंगत पति रविन्द्र अधिकारीले भन्दा बढी मतान्तरले भट्टराईले जित्ने भएकी छन् । उक्त क्षेत्रमा स्वर्गीय रविन्द्र अधिकारीले यसअघिको चुनावमा ८ हजार ५ सय ४६ मतान्तरणले कांग्रेस उम्मेदवारलाई हराएका थिए ।

उपनिर्वाचनमा भट्टराईले थप फराकिलो मतान्तरसहित प्रतिनिधिसभाको सदस्य निर्वाचित हुने देखिएको छ ।

पछिल्लो अपडेट अनुसार नेकपा उम्मेदवार भट्टराईले २० हजार ७ सय ७७ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका खेमराज पौडेल निकै पछि परेका छन् । पौडेलले १२ हजार २ सय ५५ मत पाएका छन् ।

कास्की-२ मा भट्टराई र पौडेलको मतान्तर ८ हजार ५ सय २२ रहेको छ । मतगणनाको सुरु देखि नै भट्टराईले अग्रता लिँदै आएकी छन् ।

पोखरा महानगरपालिकाका ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडाको मत गणना सकिँदा नेकपा उम्मेद्वार भट्टराईले कांग्रेस उम्मेदवार पौडेल भन्दा ८ हजार ५ सय २२ मत बढी ल्याएकी हुन्।

कास्की–२ को शनिबार भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको थियो। कास्की–२ को उपनिर्वाचनमा सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई र नेपाली कांग्रेसबाट खेमराज पौडेलसहित १९ जनाले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय