scheduleशुक्रवार जेष्ठ २३ गते, २०७७

मिश्रलाई व्यङ्ग्यः सालको पात टपरी हुने, नहुने सल्लैको !


काठमाडौं, १६ मंसिर । उपनिर्वाचन २०७६ को मतपरिणामसँगै साझा पार्टीका संयोजक रविन्द्र मिश्रले सामाजिक सञ्जालमा दिएको प्रतिक्रिया आइतबार र सोमबार चर्चामा रह्यो ।

नयाँ र सुसंस्कृत राजनीतिको नारा दिएर राजनीतिमा होमिएका मिश्रले उपनिर्वाचनमा प्राप्त परिणामलाई लिएर दिएको प्रतिक्रियालाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अर्को एक स्टाटससँग तुलना गरे । उक्त स्टाटस हो कास्की-२ बाट साझा पार्टीकी उम्मेदवार रजनीसँगै पराजित भएका कांग्रेस नेता खेमराज पौडेलको ।

पौडेलले चुनावी पराजयपछि उच्च राजनीतिक संस्कार देखाउँदै लेखेका छन्, ‘सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन । म ईमान्दार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति ।  राजनीति जितेँ, मत जितिनँ तर सायद मन जितेँ कि जस्तो लाग्छ ।’

Dish_Home

कास्की-२ बाट निर्वाचित विद्या भट्टराईले पनि पौडेलको उच्च राजनीतिक संस्कारको लागि कृतज्ञता देखाएकी छिन् । पौडेलले विजयी भट्टराईलाई भेटेर बधाई दिएका थिए ।

यो पनि-
विजय भएपछि विद्याले यसरी सम्झिइन् रविन्द्रलाई (मन्तव्यसहित)

निकटतम् प्रतिद्वन्द्वी पौडेलको यस्तो स्ट्याटस आइरहेको बेला एक हजार मत कटाउन नसकेको उम्मेदवार सम्वद्ध पार्टीका संयोजकले लेखेका छन्, ‘पार्टीले छोटो समयमा ‍जे गर्‍यो त्यसमा थप धेरै मेहनत गर्नु पर्ने सन्देश दिएको छ। साथसाथै, मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ ।’

साझा पार्टीकै प्रवक्ता सूर्यराज आचार्यले पनि मतदातालाई नै दोषी बनाउँदै ट्वीट सन्देश लेखेका छन् ।

यो स्टाटसमा प्रवक्ता आचार्यले घुमाउरो तरिकाले मतदातालाई दोषी देखाएका छन् । त्यसो त, चुनावमा पराजित भएपछि मतदातालाई आलोचना गर्ने मिश्र पहिलो नेता भने होइनन् । पहिलो संविधानसभाको निर्वाचनपछि माओवादीलाई मतदान गर्ने मतदातालाई भेडाबाख्राको संज्ञा दिएका थिए तत्कालीन एमालेका नेता केपी ओलीले ।

मिश्रको प्रतिक्रियालाई पौडेलको ट्वीटसँग तुलना गर्दै पत्रकार खिलबहादुर भण्डारी लेख्छन्, ‘बीबीसीमा बसेर, धेरै पढेर, धनदाैलतले संस्कार आउने हाे र ? संस्कार सिक्न त पूर्व पत्रकार ज्यू खेमराजकाे घर गए हुने बरू ! हे बरै, सालकाे पात टपरी हुने, नहुने सल्लैकाे !!’ भण्डारीको संकेत हो- राजनीति तपाईंहरुबाट हुँदैन ।

बीबीसीमा बसेर, धेरै पढेर, धनदाैलतले संस्कार आउने हाे र ? संस्कार सिक्न त पूर्व पत्रकार ज्यू खेमराजकाे घर गए हुने बरू!
हे बरै, सालकाे पात टपरी हुने, नहुने सल्लैकाे !!

अर्का ट्विटर प्रयोगकर्ता कृष्ण भने मिश्रलाई चुनाव जित्न प्रष्ट भिजन र संगठन चाहिने भन्दै अर्को चुनावका लागि मेहनत गर्न सुझाव दिएका छन् ।

उपेन्द्र सापकोटा भने मिश्रलाई सानातिना कुरामा अल्झिनुभन्दा जनताको घर दैलोमा गइरहन र मेरिटोक्रेसीको कुरा छाडेर समावेशी राजनीतिबारे प्रष्ट हुन सुझाव दिन्छन् ।

साझा पार्टीलाई सुवास घिमिरेको सल्लाह यस्तो छ-

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय