तमिलनाडुमा भारी वर्षाका कारण १७ जनाले ज्यान गुमाए
नयाँदिल्ली, १६ मंसिर । भारतको तमिलनाडु प्रदेशमा भारी वर्षाका कारण चार घर भत्कँदा १७ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सात वर्षका दुई बालकसमेत रहेको टाइम्स अफ इन्डियाले जनाएको छ।
सोमबार बिहान मानिसहरू सुतिरहेका बेला कोइमबाटोरको नादुर गाँउमा घर भत्किएका थिए। प्रहरीका अनुसार ती चारै घर टाइलका छत भएका थिए।
केही दिनयता भारतका ६ जिल्लामा भारी बर्षा भएको छ। भारी वर्षाका कारण चेन्नाई, चेनगलपत्तु, तीरूभल्लुर, कुड्डालोरलगायत जिल्लामा विद्यालय समेत बन्द गरिएको छ।