scheduleशुक्रवार मंसिर २० गते, २०७६
Bajaj
Global IME Bank

२५ किलो चरेससहित दुई भारतीय पक्राउ

काठमाडौं, १६ मंसिर । मकवानपुर प्रहरीले आइतबार राति २५ किलो चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा२५प ८७८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चरेस बरामद भएको हो।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी सिसुवा ग्राम २ का ३५ वर्षीय राजेश यादव र ऋषिकुमार यादव छन् । मोटरसाइकलको ट्यांकीमुनि फल्स बटम बनाएर लुकाइछिपाइ ल्याइएको चरेस बरामद गरेको प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।

पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान थालेको छ ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage