scheduleशुक्रवार मंसिर २० गते, २०७६
Bajaj
Global IME Bank

छाउपडी गोठमा मृत फेला परिन् पार्वती


अछाम, १६ मंसिर । अछामको साँफेबगर नगरपालिका ३ सिद्धेश्वरमा सोमबार एक युवती छाउपडी गोठमा मृत अवस्थामा फेला परेकी छन् । मुलुकमा । महिला हिंसा विरुद्धको अभियान चलिरहेकै बेला अछाममा यस्तो घटना सार्वजनिक भएको हो ।

घरभन्दा करिब एकसय मिटर टाढा रहेको छाउपडी गोठमा २१ वर्षीया पार्वती बुढा रावत मृत अवस्थामा फेला परेको मृतकको परिवारले जनाएको छ ।

पार्वती महिनावारी भएको चारदिनका दिन बेलुकी बजेतिर खाना खाएर सुत्न छाउगोठ गएकी थिइन् । भोलिपल्ट बिहान करिब ७ बजेतिर नउठेपछि ढोका फोरेर हेर्दा मृत अवस्थामा फेला परेको पार्वतीका आफन्तले जनाएका छन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानअनुसार होचो र सानो कोठमा आगो बालेको देखिएकोले निसास्सिएरै मृत्यु भएको हुनसक्ने जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय साँफेबगरले जनाएको छ । पार्वतीको १८ महिनाअघि बिहे भएको थियो । उनका पति रोजगारीको शिलशिलामा भारतमा छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage