scheduleशुक्रवार मंसिर २० गते, २०७६
Bajaj
Global IME Bank

जनताले सरकारको अनुचित आलोचना अस्वीकार गरेः थापा


काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उपनिर्वाचनको परिणामले सरकार र पार्टीको अनुचित आलोचना जनताले अश्वीकार गरेको बताएका छन् ।

उपनिर्वाचनको नतिजा सार्वजनिक भएसँगै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्थानीय, प्रदेश र संघीय संसदका रिक्त ५२ स्थानमा भएकाे उपनिर्वाचनमा नेकपाले ३१(५९.८%) स्थानमा विजय हासिल गरेकाे छ । एकताअघि दुई पार्टीले २८ स्थान(५३.८%) जितेका थिए । अहिले ३ सीट (५.८%) बढी हासिल भयाे ।’

थापाको तर्क छ, ‘यसबाट सरकार र पार्टीकाे अनुचित आलाेचना जनताले अश्वीकार गरेकाे स्पष्ट भएकाे छ ।’ सल्लाहकार थापाले चितवन, भक्तपुर र धरानजस्ता स्थानमा नेकपाको पराजयबारे भने मुख खोलेका छैनन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage