scheduleशुक्रवार मंसिर २० गते, २०७६
Bajaj
Global IME Bank

काँग्रेस कहाँ छ भनेर सोध्नेले प्रचण्डको वडामा गएर सोधे हुन्छः कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं, १६ मंसीर । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस कहाँ छ भन्नेहरुले नेकपा अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रको वडामा गएर सोधे हुने बताएका छन् । आज आयोजित पत्रकार भेटघाटमा प्रवक्ता शर्माले नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको घर भएको भक्तपुरको प्रदेशसभा क्षेत्रमा गएर सोध्दा पनि थाहा हुने बताए ।

साथै उनले पूर्वसभामुख कृष्‍णबहादुर महरा निर्वाचित भएकै निर्वाचन क्षेत्र तथा प्रदेश ५ का मुख्यमन्त्रीकै क्षेत्र पर्ने वडामा पनि काँग्रेस भएको बताए ।

कांग्रेसले यो उपनिर्वाचनमा केही वडाहरु, खार्पुनाथ गाउँपालिका उपाध्यक्ष गुमाए पनि भन्न सक्ने गरी आत्मबल अभिवृद्धि गरेको प्रवक्ता शर्माको भनाइ थियो ।

कांग्रेस प्रवक्ता शर्माले निर्वाचन आचारसं‌हिता लागू भइसकेपछि प्रदेश प्रमुखहरुको पद रिक्त बनाएर नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेर, कास्कीको वैदामको डीएसपी सरुवा, मन्त्रीमण्डल पुनर्गठन लगायतका कार्य गरी उपनिर्वाचन परिणाम प्रभावित हुने गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप पनि लगाए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage