scheduleआइतवार आश्विन ११ गते, २०७७

तपाईंलाई थाहा नहुनसक्छ घोप्टो परेर सुत्दाका यी बेफाइदाहरु

एजेन्सी । कतिपय मानिसहरुको घोप्टो परेर सुत्ने बानी हुन्छ । तर, यसरी पेटमा बल पारेर सत्दा शरीरलाई कसरी नोक्सान पुर्‍याउँछ भन्ने धेरैलाई थाहा हुँदैन । यसबारेमा जानिराख्नुहोस् र सहि तरिकाले सुत्ने गर्नुहोस् ।

१. घोप्टो परेर पेटको बलमा सुत्दा यसले हाम्रो घाँटीको आकार बिग्रन्छ जसले घाँटी दुख्ने, अड्केको जस्तो हुने र टेँढो हुने समस्या हुन्छ । यसका कारणले दिमागमा रगतको बहाव कम हुन्छ अनि टाउको दुख्ने समस्या उत्पन्न हुन्छ ।

२. त्यसरी पेटको बलमा सुत्ने गरेमा रिढको हड्डी प्राकृतिक रुपमा रहँदैन । यसका कारण ढाड दुख्ने समस्या निम्तिन्छ ।

३ घोप्टी परेर सुत्दा पूरै शरीरमा राम्रोसँग रगत बहाव हुन सक्दैन । त्यसैले यसले हाम्रो मांसपेशीमा ऐठन पैदा हुन्छ र शरीरभरि दुखाई महसुस हुन्छ ।

४. घोप्टो परेर सुत्ने मानिसको जोर्नीमा समस्या देखा पर्छ । त्यसरी सुत्दा शरीरका हड्डीहरु सहि स्थानमा नरहने हुनाले यस्तो समस्या देखा पर्ने सम्भावना बढि हुन्छ ।

५. घोप्टो परेर सुत्दा हाम्रो मुख रातभर दबेर बसेको हुन्छ । यसका कारण हाम्रो अनुहारको छालाले पर्याप्त मात्रामा अक्सिजन पाउन सक्दैन र अनुहार चाँडै चाउरी पर्ने र डण्डीफोर आउने समस्या हुन्छ ।

६. यसरी सुत्दा पाचन प्रणालीमा समस्या निम्तिन्छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय