scheduleमगलवार चैत्र २५ गते, २०७६

नेकपा बैठकमा ओलीलाई स्वास्थ्यलाभको कामना, निर्वाचन प्रतिवेदन मागियो


काठमाडौं, १८ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना लगायतका निर्णयहरु गरेर सकिएको छ । बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा अध्यक्ष प्रचण्डले सामान्य जानकारी गराएका थिए ।

कार्यकारी हैसियत पाएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक बोलाएको सचिवालयको बैठकले उपनिर्वाचनको मतपरिणामको सामान्य समीक्षा समेत गरेको छ ।

बुधबार विहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले उपनिर्वाचनमा घात प्रतिघात नभएको निष्कर्ष निकालेको र निर्वाचन परिणामबारे विस्तृत समीक्षा अर्को बैठकमा हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Dish_Home

बैठकले ३७ वटा जिल्ला कमिटीलाई निर्वाचनको समीक्षात्मक रिपोर्ट केन्द्रलाई बुझाउन निर्देशन दिएको छ ।

‘दाङको घोराही-१६ मा हाम्रै बागी उम्मेदवारका कारण हारिएको हो । अरू ठाउँमा पार्टीभित्र अन्तरघात भएको कुरा आएको छैन,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने,‘आफ्नो क्षेत्रमा के भएको हो भन्नेबारे समीक्षा पठाउन सम्बन्धित कमिटीलाई भनेका छौं ।’

प्रवक्ता श्रेष्ठका अनुसार नेकपाको अर्को बैठक बैठक मंसिर २३ गते बस्नेछ । उनले भने, ‘उक्त बैठकमा स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउने विषयमा छलफल हुन्छ ।’

बैठकबारे प्रवक्ता श्रेष्ठको भनाइ भिडियोमा

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय