scheduleशनिवार माघ ११ गते, २०७६

कुटनीतिक नियोगहरुसँग छलफलमा जुटे मन्त्री भट्टराई

काठमाडौं, १८ मंसिर । पर्यटन वर्ष २०२० लाई सफल बनाउन सरकारले विदेशी कुटनीतिक नियोगहरुसँग छलफल गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बुधबार सबै देशका राजदुतहरुलाई मन्त्रालयमा बोलाई भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्न अग्रह गरेका हुन् । उनले आफ्नो मुलुकका नागरिकहरुलाई नेपाल भ्रमण गर्न सुरक्षित रहेको जानकारी दिन आग्रह गरे ।

त्यस्तै पर्यटकहरुको सुरक्षा र गुणस्तरिय सेवाका लागि सरकार आफैले व्यवस्था गर्ने बताउँदै ढुक्क भएर नेपाल भ्रमण गर्न सकिने वातावरण बनेको जानकारी समेत दिए । सरकारले आगामी जनवरी १ मा राजधानी सहित सबै प्रदेशमा पर्यटन वर्ष २०२० को भव्य उद्घाटन गर्ने तयारी गरेको छ ।

त्यस्तै जनवरी ७ मा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा पनि पर्यटन वर्षको उदघाटन गरिने कार्यक्रम रहेको जानकारी समेत मन्त्री भट्टराईले दिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय