scheduleबुधवार श्रावण २१ गते, २०७७

हिन्द महासागरमा रुस, चीन र इरानले संयुक्त सैन्य अभ्यास गर्ने

एजेन्सी, १८ मंसिर ।  रुस, चीन र इरानले हिन्द महासागरमा संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।

उत्तरी हिन्द महासागरमा रुस, चीन र इरानका जलसेनाबीच संयुक्त सैन्य हुने भएको हो । ‘नेभल सेक्युरिटी बेल्ट’ नामाकरण गरिएको उक्त सैन्य अभ्यास डिसेम्बर महिनाको अन्तिम साता हुने भएको हो ।

मंगलबार इरानका जलसेना प्रमुख रिअर एडमिरल होसेन खानजादीले डिसेम्बर २७ मा चीन र रुससँग मिलेर हिन्द महासागरमा संयुक्त सैन्य अभ्यास हुने जानकारी दिएका हुन् ।

मंगलबार तेहरानमा चिनियाँ सैन्य आयोगका प्रमुख मेजर जनरल शाओ युआनमिङसँगको भेटवार्तामा खानजादीले संयुक्त सैन्य अभ्यास हुने बताएका थिए ।

अमेरिकासँग विवाद बढिरहेका बेला रुस, चीन र इरानले उत्तरी हिन्द महासागरमा जलसेनाको संयुक्त अभ्यास गर्न लागेका हुन् । उत्तरी हिन्द महासागरमा सामुन्द्रिक डकैती बढेको र यस्ता क्रियाकलाप रोक्न ३ मुलुकले संयुक्त सैन्य अभ्यास गर्न लागेको समाचारमा बताइएको छ ।

‘सामुन्द्रिक डकैतीका घटना भइरहने उत्तरी हिन्द महासागरको सामूहिक सुरक्षा गर्ने र उक्त क्षेत्रको सुरक्षा अवस्था मबजुत पार्ने उद्दश्यले संयुक्त सैन्य अभ्यास गर्न लागिएको हो’, खानजादीले बताए ।

त्यस्तै चीनसँग प्राविधिक विषय र सामुन्द्रिक डकैतीसम्बन्धी विषयमा सूचना आदानप्रदान गर्न इरान तयार रहेको समेत खानजादीले बताए । साथै पनडुब्बी र युद्धपोत निर्माणमा समेत चीनसँग सहकार्य गर्न इरान तयार रहेको उनको भनाइ थियो ।

भेटवार्तामा केन्द्रीय चिनियाँ सैन्य आयोगका प्रमुख जनरल शाओले चीन र इरानबीच सहकार्य हुँदा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति कायम गर्न सकिने बताएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय