scheduleशनिवार माघ ११ गते, २०७६

इभर्टनविरुद्ध लिभरपुलले हान्यो पाँच गोल

काठमाडौँ, १९ मंसिर । प्रिमियर लिगमा लिभरपुलले इभर्टनमाथि प्रभावशाली जित हात पार्न सफल भएको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा एभर्टनलाई ५–२ गोलले पराजित गर्न सफल भएको छ ।

लिभरपुलले पहिलो हाफमा नै चार गोलको अग्रता बनाएको थियो भने इभर्टनले एक गोल गरेको थियो । दोस्रो हाफमा दुवै टिमले एकएक गोल गरेका थिए ।

लिभरपुलका लागि डिभोक ओरिजीले दुई गोल गरे भने जेण्डर साकिरी, साडियो माने, जर्ज विजल्याण्डमले एकएक गोल गरे ।

यो जितसँगै लिभरपुलले १५ खेलबाट ४३ अंक जोड्दै आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको छ ।

एभर्टन १४ अंक सहित तालिकाको पुछारदेखि तेस्रोमा रह्यो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय