scheduleआइतवार आश्विन ११ गते, २०७७

सबैभन्दा ठूलो सुनको टुक्रा नदीमा फेला पर्‍यो, मूल्य कति ?

 

एजेन्सी, १९ मंसिर । एकजना सुन खोजकर्ताले बेलायतकै सबैभन्दा ठूलो सुनको टुक्रा फेला पारेको दाबी गरेका छन् ।

स्कटल्याण्डको एक नदीमा बेलायतकै सबैभन्दा ठूलो सुनको टुक्रा फेला परेको समाचार माध्यमले जनाएका हुन् । उक्त सुनको तौल १२१.३ ग्राम रहेको बताइएको छ । एक जना सुन खोजकर्ताले गत मे महिनामा नदीभित्र त्यो सुनको टुक्रो फेला पारेका थिए ।

नदीमा उक्त सुन २ टुक्रामा फेला परेको थियो । सुनको टुक्रामध्ये एउटाको तौल ८९.६ र अर्कोको तौल ३१.७ ग्राम रहेको छ । दुबै टुक्रालाई ‘रियुनियन नगेट’ नामाकरण गरिएको छ ।

यसअघि सन् २०१६ मा फेला परेको ‘डगलस नगेट’लाई बेलायतको सबैभन्दा ठूलो सुनको टुक्रा मानिएको थियो । ‘डगलस नगेट’को तौल ८७. ७ ग्राम छ ।

बेलायतमा सुनको उत्पत्तिबारे किताब लेखेका लि पाल्मरले ४० वर्ष वरपर रहेका ती खोजकर्ताले आफूलाई सुनबारे जानकारी दिएको बताएका छन् । उनले आफूसँग आएर फेला पारेका सुनलाई अभिलेख गर्न भनेको जानकारी दिएका छन् ।

हालसम्मकै ठुलो मानिएको उक्त सुनको टुक्रा चट्टानसँग ठोक्किएर वा हिउँका कारण २ टुक्रा भएको समेत पाल्मरले बताए । उनले उक्त सुनको टुक्रालाई लण्डनस्थित नेचरल हिस्ट्री म्युजियम वा स्कटल्याण्डको नेशनल म्युजियममा राख्न सकिने समेत बताए ।

फेला पारिएको सुन २२ क्यारेटको रहेको र यसको बजार मूल्य ८० हजार पाउण्ड रहेको बताइएको छ ।

तर सुनको टुक्राको पुरातात्विक महत्व भएकाले मूल्य तोक्न नसकिने पाल्मरको भनाइ छ । ‘यसलाई अमूल्य पनि भन्न सक्नुहुन्छु, उनले भने ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय