scheduleबिहिवार आषाढ़ २५ गते, २०७७

डिस्चार्ज भएपछि प्रम ओलीले भने- मेरो स्वास्थ्य सुधार भयो

काठमाडौं, १९ मंंसिर । प्रधानमन्त्री केपी ओली १० दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएर निवास फर्किएका छन् । सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका ओली बिहीबार दिउँसो ३: ३० बजे डिस्चार्ज भएर घर फर्किएका हुन् ।

उनी एपेन्डिसाइटिसको शल्यक्रिया र पेटमा फैलिएको संक्रमणको उपचारका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि बालुवाटार फर्किएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

‘म स्वास्थ्यमा सुधार भएर राम्रो भएर अस्पतालबाट डिस्चार्ज भएर घर जाँदै छु,’ डिस्चार्ज भएर जाँदै गर्दा प्रधानमन्त्री ओलीले मुस्कुराउँदै भने ।

चिकित्सकले उहाँलाई थप संक्रमणबाट जोगाउन केही दिन अझै अस्पताल राख्ने सोच बनाएपनि ओलीले बालुवाटारमै गएर आराम गर्ने चाहना व्यक्त गरेको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

यो पनि-
ओलीजीको घाउ ठिक हुनै एक डेढ महिना लाग्छः प्रचण्ड

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुँदाको भिडियो

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय