scheduleशनिवार माघ ११ गते, २०७६

पोल्याण्डमा ग्यास विस्फोट हुँदा चारको मृत्यु

वार्सा, १९ मंसिर । पोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएकोे ग्यास विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटका कारण एउटा घर भत्किएपछि चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका स्थानीय प्रहरीले जनाएको छ ।

यस विस्फोटपछि करिब १ सय अग्निनियन्त्रकहरु बिहीबार बिहान भत्किएको सो घरको भग्नावशेषमा खोजी एवं उद्धारका लागि परिचालन गरिएका थिए । विस्फोट भएको यस घरमा आठ व्यक्ति घरभित्रै पुरिएको अनुमान छ । एएफपी

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय