scheduleमगलवार आश्विन ६ गते, २०७७

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं, २० मंसिर । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ।  बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँ तोकिएको छ। बिहीबार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

चाँदीको मूल्य भने स्थिर छ। बिहीबार प्रतितोला ८ सय ५० मा कारोबार भएको चाँदी शुक्रबार पनि  सोही मुल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय