scheduleमगलवार श्रावण २७ गते, २०७७

फ्रान्समा प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं, २० मंसिर । फ्रान्समा पेन्सनसम्बन्धी प्रस्तावित नयाँ कानुनको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारी र दंगा प्रहरीबीच झडप भएको छ ।

राष्ट्रपति इम्यानुएल म्याँक्रोले अघि सारेको प्रस्तावित कानुनको विरोधमा बिहीबारदेखि फ्रान्सभर प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा केही स्थानमा दंगा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

देशभर भएको प्रदर्शनमा १० लाख मानिसभन्दा बढी मानिस सहभागी छन् । पेरिसमा प्रदर्शन गरिरहेका दर्जनौंलाई प्रहरीले पक्राउ गरेको छ ।

फ्रान्समा निवृत्तिभरण सुविधामा सरकारले संशोधनको प्रक्रिया अघि बढाएपछि देशव्यापी प्रदर्शन भएको हो । कर्मचारीहरु विरोध प्रदर्शनमा उत्रिएपछि सरकारी कामकाज, विद्यालय तथा यातायात क्षेत्र लगभग ठप्प भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय