scheduleमगलवार आश्विन ६ गते, २०७७

मर्जपछि बैंकको खर्च घटने तर ब्याजदर घटेको अनुभव गर्न नपाएको गुनासो

उद्योगी व्यवसायीहरुले बैंकहरुको सफ्टवेर तथा सर्भर ह्याकिङ हुने, स्विफ्टबाट पैसा गायब हुने र चेक तथा एटिएमबाट रकम निकाल्ने घटनाहरु बढ्नुले बैंकप्रतिको विश्वास घटेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जर पछिको एकिकृत कारोबारको सुभारम्भका अवसरमा यस्तो बताएका हुन् ।   उनले बैंकहरुले आफ्नो प्रविधिमा लगानी नबढाउँदा यस्तो अवस्था आएको बताए । अध्यक्ष श्रेष्ठले बैंक मर्जरमा जानु अर्थतन्त्रका लागि राम्रो भनिएपनि उद्योगीहरुले ब्याजदर घटेको अनुभव गर्न नपाएको समेत बताए । उनले बैंकहरुको ब्याजदर पटक पटक परिवर्तन हुने नियमले उद्योग व्यवसायको विस्तारका लागि कर्जा लिन नसक्ने अवस्था रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंक मर्ज भएपछि क्षमता बढ्ने, बैंकको खर्च घटने तर उद्योगी व्यवसायीहरुले ब्यजदर घटेको अनुभव गर्न नपाएको बताए । त्यस्तै सरकारले दिने सहुलियत दरको कर्जाको जानकारी गाउँगाउँमा नहुनुले बैंकहरु औद्योगिक विकासमा गम्भिर नभएको गुनासो गुरे । उनले कर्जा लिंदा सेवा शुल्क बढी तिर्नुपर्ने र पटकपटक कागजात बुझाउनु पर्ने व्यवस्थाले लागत बढेको बताए ।

उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको एउटा हिस्सा नै बैंकको सेवा तथा ब्याजदरबाट प्रभावित हुँदा औद्योगिक विकास सम्भव नभएको बताए । त्यसका लागि सरकार र राष्ट्र बैंकलाई गम्भिर हुन उनीहरुको आग्रह थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय