scheduleबुधवार माघ १५ गते, २०७६

प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

डोटी, २० मंसिर । डोटिका  कफलकटेश्वर प्राथमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

प्रधानाध्यापक रावलले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालयमा  भारतको इलाहावादबाट प्राप्त उच्च शिक्षाको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी स्थायी नियुक्त लिएको भन्दै परेको उजुरीका आधारमा  आयोगको कार्यालयले रावलमाथि अनुसन्धान थालेको थियो।

उक्त  अनुसन्धानपछि रावलविरुद्ध विशेष अदालतमा कारवाहीको मागसहित मुद्दा दायर गरिएको आयोगको क्षेत्रीय कार्यालयले जनाएको छ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय