scheduleमगलवार श्रावण २७ गते, २०७७

१३औं सागः शुक्रबार साँझसम्म कसको स्वर्ण पदक कति ? (सूचिसहित)

काठमाडौं, २० मंसिर । नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा भारत ८१ स्वर्णसहित पहिलो स्थानमा छ । भारतले ५९ वटा रजत पदक तथा २५ कास्यसहित १ सय ६५ वटा पदक जितेको छ ।

नेपालले भने ४१ वटा स्वर्ण पदक जितेको छ भने २७ वटा रजत पदक जितेको छ । ४८ कास्यसहित नेपालले १ सय १६ वटा पदक जितेको हो ।

श्रीलंकाले २३ वटा स्वर्ण ४२ रजत तथा ६९ कास्य पदक जितेर १ सय ३४ वटा पदक हात पारेको छ । पाकिस्तानले १९ स्वर्ण, २५ रजत र २९ कास्यसहित ७३ वटा पदक जितेको छ भने बंगलादेशले ४ स्वर्ण १८ रजत, ५१ कास्यसहित ७३ पदक जितेको छ ।

माल्दिभ्सले अहिलेसम्म एउटा मात्रै स्वर्ण जितेको छ भने २ वटा कास्य पदक जितेको छ । भुटान हालसम्म स्वर्णविहीन छ भने ६ वटा कास्य जितेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय