scheduleबिहिवार माघ ९ गते, २०७६

यसरी सुत्नुहोस् र सुधार्नुहोस् सम्बन्ध

दम्पत्ति वा प्रेमीप्रेमिका अथवा साथीभाइका लागि ओछ्यान यस्तो स्थान हो जहाँ सबैकुरा नीजि हुन्छ र पनि यो पवित्र हुन्छ ।

त्यसैले तपाईको सुताइको आसनले सम्बन्धका बारेका केही भन्दछ त ? अवश्य पनि केही भन्दछ । यदि तपाई सुतेका बेला घुर्नुहुन्छ, र्‍याल काड्नुहुन्छ र ओड्ने कुरालाई खोसाखोस गर्नुहुन्छ भने यहाँ तपाईको मन, मस्तिष्क र शरीरलाई स्वस्थ राख्न सहयोग पुर्‍याउने केही उपायहरु छन् ।

तपाईको पार्टनर जतिसुकै आकर्षक भएता पनि कपालको गन्धले गर्दा राति सुतेका बेलामा हाच्छ्यूँ आउने गर्छ । त्यसैले सुतेका बेलामा कपाललाई पार्टनरतिर नफिजार्नुहोस् ।

सुत्नेबेलामा आफ्नो पार्टनरलाई कुस्तीमा झैं कक्रक्क पारेर नअठ्याउनुहोस्, सुम्सुम्याउनुहोस् ।

राती पार्टनरसँग अँगालो मारेर सुत्दा आफ्नो पार्टनरसँग सम्बन्ध निकै गाढा हुन्छ । तर बेस्सरी थिच्दा खतरा पनि हुन सक्छ ।

सुत्दा एकअर्का माथि सुत्नु हुँदैन । यस्तो आसन तपाईको पार्टनरलाई मन नपर्न सक्दछ ।

बिरालो पाल्नुभएको छ ? यदि पाल्नुभएको छ भने यसलाई तपाईको बेडमा सुताउँदा बिरालोलाई तपाईको खुट्टातिर र यसका नंग्राले शरीरलाई नछुने गरी सुताउनुहोस किनभने यसका नंग्राले तपाईलाई डस्न सक्छ ।

मनोवैज्ञानिकका अनुसार हामी कसरी सुत्दछौ भन्ने कुराले हाम्रो सम्बन्धलाई दर्शाउँछ । राति सँगै सुत्ने ९४ प्रतिशत दम्पतीहरुको सम्बन्ध सुमधुर रहेको एउटा अध्ययनले देखाएको छ ।

यहाँ दिइएका ९ वटा चित्रमा छुट्टाछुट्टै आसनको बारेमा व्याख्या गरिएको छ । तस्विर हेर्नुहोस् र पढ्नुहोस् जसले तपाईलाई सुत्ने उत्तम आसनहरुबारे जानकारी दिनेछ ।

१. यो आसनमा सुत्ने दम्पतीहरु आफूलाई आत्मीय र सुरक्षित ठान्दछन् । यो आसनले उनीहरुबीचको घनिष्टता र स्वतन्त्रता दुवैलाई जनाउँछ ।
२. यो आसनले दम्पतीहरु आनन्दमा छन् र एकअर्काप्रति सजह महसुस गर्दछन् भन्ने देखाउँछ । यो आसन भर्खरै सम्बन्धमा गाँसिएका दम्पतीले लिने गर्दछन् ।
३. यो आसनले दम्पतीबीच आत्मीयता र एकअर्काबीच कुराकारीको खाँचो छ भन्ने देखाउँछ ।
४. यो आसन आत्मीयता र स्वतन्त्रताबीचको सम्झौता हो जसले दुवैलाई निकै आनन्द प्रदान गर्दछ ।
५. यो परम्परागत आसन हो जसमा एउटा पार्टनरले अर्को पार्टनरप्रति रक्षात्मक अडान लिएका हुन्छ ।
६. यो आसन सम्बन्धको सुरु–सुरुमा प्रयोग गरिन्छ । यसलाई जिवन्त, गहिरो वा ताजा प्रेमको प्रतिक मानिन्छ ।
७. रोमान्टिक र आत्मीय सम्बन्धमा यो आसन प्रयोग हुन्छ । यो आसनमा स्वतन्त्रताको अभाव हुन्छ ।
८. यस आसनमा एउटा पार्टनर अर्को पार्टनरमाथि हावी रहन्छ वा यसमा एउटा पार्टनर प्रमुख र अर्को सहायकको रुपमा रहेका हुन्छन् ।
९. यस आसनमा सुविधालाई प्रमुख मानिन्छ । तपाई एक्लै हुनुहोस् वा कसैको साथमा हुनुहोस्, सुविधाले काम गरिरहेको हुन्छ ।

अब पार्टनरसँग सुत्दा कसरी सुत्ने त ? तर आनन्दले सुत्नु नै मुख्य विषय हो । उत्तम निन्द्राका लागि यी कुरालाई ध्यान दिनुहोस् है त …

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय