scheduleमगलवार माघ ७ गते, २०७६

त्यो ४० सेकेन्डको अन्तर जसका कारण बोगटीले इतिहास रचे


काठमाडौं, २१ म‌ंसिर । दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि किरण सिंह बोगटीले अर्को स्वर्ण पदक थपेका छन् । १३ औँ साग अन्तर्गत शनिबार बिहान भएको पुरुष तर्फको म्याराथनमा बोगटीले उक्त विधामा ३२ वर्षपछि स्वर्ण पदक जितेका हुन् ।

बोगटीले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । जबकि उनलाई पछ्याइरहेका भारतका रासपाल सिंहले ४० सेकेण्ड पछि मात्र उक्त दूरी पार गर्न सके । भारतका सिंहले २ घण्टा २१ मिनेट ५७ सेकेण्डमा दूरी पूरा गरेर रजत पदकमा चित्त बुझाए ।

साग खेलकुदमा सबैभन्दा कम समयमा म्याराथन दौड जितेको रेकर्ड भने बैकुण्ठ मानन्धरको नाममा छ । बैकुण्ठले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए ।

सन् १९९५ मा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए । त्यसपछि १३ औं सागमा किरण बोगटीले नेपाललाई स्वर्ण दिलाएका हुन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय