scheduleबुधवार माघ १५ गते, २०७६

झापामा वनभोज हिंडेको बस दुर्घटनामा परी १३ यात्रु घाइते


झापा, २१ मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजिकै शनिबार बिहान बस दुर्घटना भएको छ । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नं.को बस दुर्घटनमा पर्दा १३ यात्रु घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीका अनुसार दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । उनका अनुसार दुर्घटनामा परी बसका सहचालक मोरङ पथरी–१ निवासी ३० वर्षीय विकास लिम्बूसहित दमक–१० निवासी २७ वर्षीय सन्तोष खड्का, सोही ठाउँ निवासी १९ वर्षीय पवन खड्का र उर्लावारी–३ निवासी १७ वर्षीया स्मृति धिमाल रहेका छन् ।

घाइते अन्य यात्रुमा दमक–१० निवासी १४ वर्षीय अभय धिमाल, मोरङ उर्लावारी–७ निवासी २२ वर्षीया माया घिमाल, दमक–१० निवासी १८ वर्षीया विविशा धिमाल, सोही ठाउँ निवासी १९ वर्षीया विनिता हमाल, २२ वर्षीय रोशन धिमाल, २८ वर्षीय नेत्र नेपाली, १८ वर्षीय आयुष नेपाली, १९ वर्षीय प्रदीप रिजाल र ४० वर्षीया नैनकला खड्का रहेको प्रहरीले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय