scheduleबिहिवारबैशाख ९ गते, २०७८

विप्लव निकट विद्यार्थी नेता महरा र विष्ट पक्राउ

सांकेतिक तस्बिर

दार्चुला, २१ मंसिर । प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) समूह निकट दुई विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शुक्रबार राति विप्लव निकट २ जना विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका –१ सर्मौलीका २० वर्षीय जीवनबहादुर विष्ट र बैतडी पुर्चौडी नगरपालिका–१० का २१ वर्षीय प्रेम महरा रहेका छन् ।

विष्ट र महरालाई मङ्सिर १८ गते लेकम गाउँपालिका–१ को वडा कार्यालयको साइनबोर्ड मेटाएर विप्लव समूहको नाम लेख्ने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरिरहेको थियो ।

शुक्रबार राति दुबै जनालाई शैल्यशिखर नगरपालिका–१ शिखर बलाँचबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay