scheduleमगलवार श्रावण २७ गते, २०७७

‘अति महत्वपूर्ण परीक्षण’ गरेको उत्तर कोरियाको दाबी

एजेन्सी, २२ मंसिर । उत्तर कोरियाले स्याटेलाइट प्रक्षेपण स्थलमा ‘अति महत्त्वपूर्ण परीक्षण’ गरेको जानकारी दिएको छ।

उत्तर कोरियाको सरकारी समाचार माध्यम केसीएनएले ‘अति महत्वपूर्ण परीक्षण’ गरिएको बताएको हो । मुलुकको रणनीतिक हैसियत थप मजबूत बनाउन उक्त परीक्षण गरिएको बताइएको छ । तर केसीएनएले परीक्षणबारे विस्तृत विवरण दिएको छैन।

विश्लेषकहरुले भूउपग्रह लन्चरलाई शक्ति प्रदान गर्ने इन्जिनको परीक्षण वा अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण भएको हुन सक्ने बताएका छन् ।

उत्तर कोरिया र अमेरिकाबीचको वार्तामा पूर्णविरामा लाग्न लागेको अवस्थामा ‘अति महत्वपूर्ण परीक्षण’ गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय