scheduleशुक्रवार आश्विन ९ गते, २०७७

जहाँ खेतीयोग्य जमिनमा प्लटिङ गर्न प्रतिबन्ध लगाइयो …

काभ्रे, २२ मंसिर । पाँचखाल नगरपालिकाले खेती योग्य जमिनमा प्लटिङ गर्न ‘प्रतिबन्ध’ लगाएको छ ।  ‘पाँचखाल नगर, कृषि सहर’ अभियान लिएर अगाडि बढेको पाँचखाल नगरपालिकाले खेती योग्य जमिनमा प्लटिङ ‘प्रतिबन्ध’ लगाएको हो ।

पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले खेती योग्य जमिनमा प्लटिङ गरेर घर जग्गाका लागि गडेरी बिक्रीका लागि पूर्ण रुपमा नगरपालिकाले ‘प्रतिबन्ध’ लगाएको बताए।

खेतीयोग्य जमिन बाहेक अन्य भूभागमा भने प्लटिङ गर्न सकिने नगर प्रमुख खरेलको भनाइ छ । कृषिका लागि उर्वर मानिएको पाँचखाललाई आर्गानिक तरकारी र खाद्यन्न उत्पादनको रुपमा अगाडि बढाउन नगरपालिका सक्रिय बनेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय