scheduleबिहिवार माघ ९ गते, २०७६

फ्याक्ट्रीमा भीषण आगलागीः ४३ जनाको ज्यान गयो, १५ गम्भीर घाइते

एजेन्सी, २२ मंसिर । भारतको राजधानी नयाँ दिल्लीमा आइतबार बिहान एक फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।

दिल्लीको झांसी रोडस्थित एक फ्याक्ट्रीमा आगलागी हुँदा कम्तिमा पनि ४३ जनाले ज्यान गुमाएको भारतीय समाचार माध्यमले जनाएका छन् । आगलागीमा परी कैयौं घाइते भएको र १५ जनाको अवस्था गम्भीर रहेको दिल्ली प्रहरीले जनाएको छ ।

समाचारमा जनाइए अनुसार झांसी रोडको अनाज मंडीस्थित एक भवनमा आगो लागेको हो । आगो लागेपछि घटनास्थनमा दमकल परिचालन गरिएको थियो । हाल आगो नियन्त्रणमा आइसकेको समाचारमा जनाइएको छ ।

विद्युत शट भएर आगो लागेको हुन सक्ने बताइएको छ । घटनालगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी र दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मृतकप्रति श्रद्धाञ्जली दिँदै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय