scheduleसोमवार माघ १३ गते, २०७६

कोहलपुर अपडेट : डिएसपीसहित दर्जन बढी घाइते, कर्फ्यूको तयारी

काठमाडाैं, २१  मंसिर ।   स्कुले बालिका प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि आइतबार बिहानदेखि तनावग्रस्त बनेको बाँकेको कोहलपुरमा प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले अवस्था नियन्त्रणभन्दा बाहिर जान लागेकाले कर्फ्यू लगाउने अवस्था सिर्जना भएको बताए ।

उनले भने-‘अवस्था झनझन् बिग्रिरहेको छ। सुरक्षा समितिको बैठक बसेर कर्फ्यू लगाउनेबारे निर्णय गर्दैछौं ।’

ना२ख ९४५९ नम्बरको ट्रकले भे ६प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा कोहलपुर-११ की १२ वर्षीया प्रकृति चन्द घाइते भएकी थिइन् ।

घाइते बालिकाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ। बालिका गम्भीर घाइते भएपछि स्थानीयले ट्रक जलाएका थिए  ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय