scheduleमगलवार माघ ७ गते, २०७६

इतिहास रचिन् जलपरी गौरिकाले, ३ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी

काठमाडौं, २२ मंसिर । नेपाली पौडीबाज गौरिका सिंहले  १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेस्रो स्वर्ण जितेकी छन् ।

गौरिकाले साग पौडी अन्तर्गत आइतबार भएको ४०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन् । योसँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

यसअघि साग अन्तर्गत शुक्रबार भएको पौडी प्रतिस्पर्धामा गौरिकाले दोस्रो स्वर्ण जितेकी थिइन् । सातदोबाटोस्थित पौडी पोखरीमा २०० मिटर ब्याक स्ट्रोकमा उनले स्वर्ण जितेकी हुन् ।

त्यस्तै बिहीबार गौरिकाले पहिलो स्वर्ण जित्दै पौडीमा ऐतिहासिक सफलता हात पारेकी थिइन् । उनले २०० मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी थिइन् । उनले शनिबार भने रजत पदक जितेकी थिइन् ।

गौरिकाले पौडीमा ३ वटा स्वर्ण जितेर भारत र श्रीलंकाको दबदबा समेत तोडेकी छन् ।

गौरिकाको नाममा दर्जनौं राष्ट्रिय कीर्तिमान रहेका छन् । सन् २०१६ को सागमा उनले एउटा रजत र २ वटा कास्य पदक समेत जितेकी थिइन् ।

त्यस्तै सन् २०१६ मा ब्राजिलमा सम्पन्न ग्रीष्मकालीन ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीको रुपमा सिंह सहभागी बनेकी थिइन् । त्यतिबेला उनी १३ वर्षकी थिइन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय