scheduleबिहिवार श्रावण २९ गते, २०७७

भ्रमण वर्षमा भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउने अपेक्षा

फाइल फोटो

काठमाडाैं, २१ मंसिर ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपालको भ्रमण वर्षमा भारतीय प्रधानमन्त्रीको भ्रमण हुने अपेक्षा रहेको बताएका छन् ।

गीता ज्ञान–प्रचार सेवा समितिले काठमाडौंको पाशुपत क्षेत्रमा आयोजना गरेको गीता जयन्ती महोत्सवलाई सम्बोधन गर्दै भ्रमण वर्ष २०२० मा नेपालको पशुपतिनाथको दर्शन गर्न आउने अपेक्षा गरेका  हुन् । उनले भारत र नेपालको संस्कृति तथा सम्पदाहरु मिल्ने भएकाले पनि भ्रमण वर्षका बेला धार्मिक गुरुहरु तथा राजनीतिक नेताहरुको भ्रमण हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मन्जीवसिंह पुरीले भारत र नेपालबीच जोडिएको सभ्यताको एक केन्द्रविन्दु पशुपतिनाथ रहेको बताए । उनले धार्मिक सम्बन्ध भएकै कारण धेरै भारतीय नागरिकहरु नेपाल आउने गरेको बताए ।

‘घर–घर श्रीमदभागवद्गीता–हाम्रो अभियान’ भन्ने मूल भावसहित आइतबार गीता जयन्ती मनाइएको हो । भारतले भागवत गीता र योगलाई विश्वभरी फैलाउन सद्भावना दुतहरु बनाएर पठाउने गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय