scheduleसोमवार माघ १३ गते, २०७६

२२ वर्षपछि प्रहरीले फेला पार्‍यो हाडनाता करणीका अभियुक्त राना


काठमाडौं, २२ मंसिर । २२ वर्षअघि हाडनाता करणीको अभियोगमा अदालतले जेल सजायँ सुनाएपछि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान चलाइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले हाडनाता करणी मुद्दाका फरार अभियुक्तलाई साविक सुनौला बजार ४ देउरालीछापका ५३ वर्षीय अम्बरबहादुर रानामगरलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत धादिङबाट २०५४ वैशाख ३१ गतेको फैसलाले १० महिना कैद र एक हजार जरिवाना फैसला गरेको थियो । उनलाई आइतबार पक्राउ गरी जिल्ला अदालतमा पेश गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्काले जानकारी दिए ।

यो पनि पढ्नुहोस्-
के कांग्रेस–कम्युनिष्ट पार्टी अजम्बरी हुन् ?

कहाँ छन् यी कमाण्डर ? सूचना दिनेले झण्डै २ अर्ब पाउने
default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय